नियम १०
प्रमाण बुझ्ने
(१) लिखतको प्रकृतिबाट निवेदकस“ग रहनु पर्ने वा निजले पेश गर्न सक्ने लिखत प्रमाणको सक्कल र सोको एक प्रति नक्कल उजुरी निवेदन साथ पेश गर्नु पर्नेछ ।
(२) लिखतको प्रकृतिबाट प्रतिवादीस“ग रहनु पर्ने वा निजले पेश गर्न सक्ने लिखत प्रमाणको सक्कल र सोको एक प्रति नक्कल प्रतिउत्तरपत्रका साथ पेश गर्नु पर्नेछ ।
(३) निवेदक वा प्रतिवादीले उपनियम (१) र (२) बमोजिम पेश नगरेका लिखत प्रमाण पछि बुझिने वा प्रमाणमा लाग्ने छैन ।
तर देहायका अवस्थामा देहाय बमोजिम लिखत प्रमाण दाखिला गर्न वा बुझ्न सकिनेछः–
(क) न्यायाधिकरणमा दाखिला गर्न नसकिने लिखत प्रमाणका हकमा त्यस्तो लिखतको नक्कल मात्र दाखिला गर्न सकिनेछ ।
(ख) निवेदक वा प्रतिवादीले कुनै नया“ वा महत्वपूर्ण लिखत प्रमाण उजुरी निवेदन वा प्रतिउत्तरपत्र दिंदाका बखत निजले भरमग्दुर कोशिस गर्दा
पनि थाहा नपाएको वा प्राप्त गर्न नसकेकोले त्यस्तो लिखत थाहा पाएपछि वा प्राप्त भएपछि पेश गर्न न्यायाधिकरण समक्ष निवेदन दिएमा र सो व्यहोरा मनासिव देखिएमा न्यायाधिकरणले सो कुराको पर्चा खडा गरी त्यस्तो लिखत प्रमाण बुझ्न सक्नेछ ।
(ग) कुनै मनासिव कारण देखाई निवेदक वा प्रतिवादीले कुनै लिखत प्रमाण पेश गर्न अर्को तारेख तोकी पाउँ भनी निवेदन गरेमा न्यायाधिकरणले सो लिखत प्रमाण पेश गर्न मनासिव माफिकको मौका दिन अर्को तारेख तोकि दिन सक्नेछ ।
(४) सबुद प्रमाण बुझ्ने भनी तोकिएको तारेखमा निवेदकको प्रमाणको कागज प्रतिवादीलाई र प्रतिवादीको प्रमाणको कागज निवेदकलाई सक्कलै देखाइ सुनाइ सद्दे, किर्ते वा जालसाजी जे भन्छ सोही व्यहोराको बयान गराउनु पर्नेछ । यसरी बयान गराउँदा सोही बखत सद्दे, किर्ते वा जालसाजी छुट्याउन नसक्ने भई न्यायाधिकरणको तजबिजले म्याद दिनुपर्ने ठह¥याएमा तीन दिनसम्मको म्याद दिन सक्नेछ ।
(५) उजुरी निवेदन वा प्रतिउत्तरपत्रमा लिखत प्रमाण भनी उल्लेख भएका कागजातहरू निवेदक वा प्रतिवादीले न्यायाधिकरण समक्ष पेश गरेपछि सोको प्रतिलिपि तयार गरी श्रेस्तेदारले त्यस्तो नक्कल सक्कलस“ग रुजु गरी नक्कल दुरुस्त देखेमा सक्कल बमोजिम नक्कल दुरुस्त छ
भन्ने व्यहोरा सो कागजात पेश गर्ने निवेदक वा प्रतिवादीबाट त्यसै कागजमा लेखाइ निजको सहिछाप गरी मिसिल साथ राख्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमका सक्कल कागजातहरूमा क्रमैसँग नम्बर चढाइ सोको पिठमा अड्डाको छाप लगाइ सक्कल कागजातहरू सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।